FAQs Complain Problems

मुख्य समाचारः

भेरीगंगा नगरपालिका खेति योग्य जमिन

Read More

गंगामाला देउती बज्यै मन्दिर

Read More

नव निर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रम

Read More

नगर परिचय

सुर्खेत जिल्लाको सदरमुकामको रुपमा रहेको वीरेन्द्रनगर नगरपालिकासँगै जोडिएको पूर्वि क्षेत्रमा अवस्थित यो नगरपालिका जिल्लाको दोश्रो नगरपालिकाको रुपमा रहेको छ । यो नगरपालिका वि.सं. २०७१ साल मंसीर १६ को नेपाल सरकारको निर्णयअनुसार साविक छिन्चु, रामघाट र मैनतडा गाविसहरु मिलेर बनेको हो । हाल साविकको लेखपराजुल गाविससमेत थप गरिएको छ । पूर्वमा बबई नदी, पश्चिममा भेरी नदीसम्म फैलिएको यस नगरपालिकाको अक्षांश २८ं २२’ ११” उत्तरदेखि २८ं ३४’ ०८” उत्तरसम्म र देशान्तर ८१ ३१’ ५१” पूर्वदेखि ८१ं ५०’ १६” पूर्वसम्म फैलिएको छ ।
जनसंख्याको हिसाबले सुर्खेत जिल्लाका नौ वटा स्थानिय तहमा चौथो क्रममा रहेको यस नगरपालिका चौथो स्थानमा रहेको छ । २०७८ सालको जनगणनाअनुसार कुल जनसंख्या ४८ हजार २  सय ३ जना, पुरुष २२ हजार ५  सय ३८ जना र महिला २५ हजार ६  सय ६५ जना रहेका छन् भने क्षेत्रफल २५६.२ वर्ग कि.मी. रहेको छ । क्षेत्रफलको हिसाबले सुर्खेतका ५ नगरपालिकामध्ये यो नगरपालिका तेश्रो ठूलो नगरपालिका हो । यस क्षेत्रमा उद्योग, व्यापार, पर्यटन, व्यावसायिक कृषि पशुपालनको माध्यमबाट यस क्षेत्रका मानिसहरुको जिविकोपार्जन भएको देखिन्छ । सुर्खेतको पूर्व पश्चिम राजमार्गसम्म जोड्ने रत्न राजमार्गको अधिकतम खण्ड यसै नगरपालिका अन्र्तगत पर्ने र सुर्खेत जाजरकोट सडक पनि यसै नगरपालिका हुँदै जाने दु्रत आर्थिक विवकासको प्रवल सम्भावना यस नगरपालिकाले बोकेको छ ।
सबै जातजातिहरुको मिश्रीत बसोबास रहेको यस नगरपालिकामा विशेष गरी क्षेत्री, ब्राह्मण, दलित तथा मगर जातीहरुको बसोबास रहेको छ भने आदीबासी लोपोन्मुख राजी समुदायको पनि बसोबास रहेको छ । यो क्षेत्रमा खेतीयोग्य जमीनभएपनि सिंचाई अभाव तथा उच्च आधुनिक प्रविधिको अभावमा यहाँका मानिसहरु जिविकोपार्जनका लागि व्यावसाय, कृषि, पशुपालन, ज्यालामजदुरीका अतिरिक्त अन्य बैकल्पीक रोजगारीका अवसरहरु खोजी गरेको पाइन्छ । नगरपालिकाको नाम भेरीगंगा नामाकरण गर्नुमा यस क्षेत्रमा बग्ने भेरीनदी र स्थानिय गंगामाला देउतीबज्यै मन्दिरको उत्पती स्थल रहेको पाइन्छ । यी दुबैको समिश्रणबाट भेरीगंगा राखिएको हो । वि.सं. २०७३ भाद्र १३ गतेको स्थानिय तह पुनर्संरचना प्राविधिक सहयोग समिति सुर्खेतको बैठकबाट यसलाई १३ वटा वडामा विभाजन गरिएको हो । यो नगरपालिकाको पूर्वमा गुर्भाकोट न.पा. र कालीमाटी गाउँपालिका सल्यान, पश्चिममा बराहताल गाउँपालिका, उत्तरमा लेखवेशी नगरपालिका र वीरेन्द्रनगर नगरपालिका तथा दक्षिणमा बर्दिया राष्ट्रिय निकुन्ज र बासगढी नगरपालिका बर्दिया पर्दछन् ।

Pages

सूचना तथा समाचार

Pages

जनप्रतिनिधि

९८५८०६४११०
Email:
ypdnepal@gmail.com
९८५८०६४११२
Email:
dhansarabohara123@gmail.com

कर्मचारी

कृष्ण प्रसाद पोखरेल
प्रमुख प्रशासकीय अधिकृत
krishnaprashadp1@gmail.com
9858064111
कुल बहादुर खड्का
सूचना अधिकारी
babukhadka@gmail.com
०८३५४०१५४

Services

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क , म्याद नाघि आएमा रु २००/
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • बालकको बाबु/आमाको नागरिकता
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
  • अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क , म्याद नाघि आएमा रु २००/
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
  • मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र
  • अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
  • मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
  • सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क , म्याद नाघि आएमा रु २००/
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • दुलाह-दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा समिति / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क , म्याद नाघि आएमा रु २००/
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बाट जारी बसाई सराईको कागजात
  • जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने।
  • बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
  • जाने - आउने सबै व्यक्तिको नागरिकता / जन्म दर्ताको प्रतिलिपि
  • चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सचिव, न्यायीक समितिको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क , म्याद नाघि आएमा रु २००/
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
  • पतिपत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति
  • केटाको स्थायी ठेगाना सम्बन्धित बडाको हुनु पर्ने ।
  • अनुसूचि फारम भरि ल्याउनु पर्ने
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा कार्यालय/ राजश्व शाखा
सेवा दिने कार्यालयः- वडा कार्यालय/ राजश्व शाखा
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-
  • निवेदन
  • जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
  • भवन नक्शा स्वीकृत प्रमाण पत्र र नक्शाको प्रतिलिपि
  • भवन / जग्गा खरिद गरेको भए मालपोतबाट रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि
  • नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनका हकमा नापी नक्शा वा स्थलगत प्राविधिक प्रतिवेदन
  • मालपोत तिरेको रसिद
  • आ.व. ०५७/५८ पूर्व आन्तरि राजश्व कार्यालयमा कर तिरेको भए सो को प्रमाणित प्रतिलिपि
  • नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपि
  • मूल्याङ्कन प्रतिवेदन वा रिपोर्ट
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सचिव, आर्थिक विकास शाखा
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  • विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
  • २ प्रति फोटो
  • घर बहाल सम्झौता
  • आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
  • स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता ग व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सचिव, आर्थिक विकास शाखा
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- व्यवसायको प्रकृति र कारोवार हेरी नियमानुसार लाग्ने शुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • नागरिकता प्रमाणापत्रको प्रमाणित प्रतिलिपि
  • स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  • बहाल सम्झौताको प्रतिलिपि
  • आफ्नै घर भए टहरा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य/ वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र आमा/बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि
  • विवाहित महिलाको हकमा पति/आमा/बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • चारात्रिक प्रमाणपत्रको प्रतिलिपि (विद्यार्थीको हकमा)
  • पाँच प्रति फोटो
  • विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि(विवाहिताको हकमा)
  • बसाँईसरी आएको हकमा बासाँईसराइको प्रमाण पत्रको प्रतिलिपि
  • दुवैकान देखिने पासपोर्ट साइजको फोटो २ प्रति
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  • कर्मचारी परिवारकोहकमा सम्बन्धित कार्यालयको सिफारिस
  • नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-
  • घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
  • निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
  • जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
  • सजमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ती कर तिरेको रसिद ।

Pages

जानकारी